PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

माध्यमिक तहको परीक्षा सकिएलगत्तै सरकारविरुद्ध आन्दोलनको घोषणा : यादव



पहिलोपोस्ट

माध्यमिक तहको परीक्षा सकिएलगत्तै सरकारविरुद्ध आन्दोलनको घोषणा : यादव

रौतहट : मधेसी मोर्चाका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माध्यमिक तहको परीक्षा सकिएलगत्तै सरकारविरुद्ध आन्दोलनको घोषणा गरिने बताएका छन्।

रौतहटको गौरस्थित पार्टी कार्यालयमा शनिवार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै पनि हालतमा आफूहरुले स्थानीय तहको निर्वाचन हुन नदिने बताए। उनले यो या त्यो बहाना बनाएर प्रचण्डले आफूहरुको माग पूरा गर्न आलटाल गरी झुक्यारहेको आरोप लगाए। 

उनले सीमांकनलाई थाती राखेर संविधान संशोधन गर्न खोजिए नमान्ने बताए। स्थानीय तहको निर्वाचन प्रदेशले गराउनु पर्नेमा प्रदेशको टुंगो नलाग्दै स्थानीय तहको निर्वाचनको मिति तोकिनु गलत भएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell