- निर्मला खड्का

उस्ले सास मागिदियो बन्धकीमा
मैले जिउनु थियो त्यही अवधिमा
मनको एक भित्तो खाली-खाली छ
एउटा चित्र किन्नै पर्यो गरिबीमा
फिरन्तेलाई के नै असर पर्छ र
हकदाबी चलिरहोस् सम्पत्तिमा
नींद बिहानै आएर पीडा पोख्छ
सधै लुटिन्छु आफ्नैको रोहवरीमा
मुहार आमाको सधैं उदास छ
यो कस्तो मौसम आयो शताब्दीमा
प्रेमले सन्चो कस्लाई गर्यो र खै?
यो नशा छोड्नै पर्ने भो जिन्दगीमा।
(फोटो : The Book of Life)