PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

हङकङमा नेपाली गीति एल्बम ‘अमृता’ सार्वजनिक



पहिलोपोस्ट

हङकङमा नेपाली गीति एल्बम ‘अमृता’ सार्वजनिक

काठमाडौं: गायिका अमृता साम्बाहम्फे लिम्बुको आधुनिक गीती  एल्बम ‘अमृता’ सार्वजनिक भएको छ।  हङकङस्थित याक एण्ड यति होटलमा सम्पन्न ‘अमृताज म्युजिकल नाइट’ को एक सांगीतक कार्यक्रममा एल्बम लोकार्पण गरिएको हो।

आधा दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका लिम्बुले ‘अमृता’ एल्बमममा आठवटा गीतहरु समावेश गरेकी छिन्। एल्बममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, शिखर सन्तोष, हरी लम्साल, बिनोद खम्बु, सुमन राई, ईन्द्र गुरुङ आदि स्थापित संगीतकारद्वारा संगीतवद्ध गीतहरु गाएकी छिन्। एल्बमका ती गीतहरु जानु काम्बाङ लिङ्देन, मुकेश राई, विर्शिका राई, सीता शेरचन, स्वप्लिन लिम्बुले रचना गरेका छन्।

एल्बमका दुई गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। एल्बमको अर्जुन पोखरेलद्वारा संगीतबद्ध पहिलो गीत ‘म त नुमाफुङ पो त...’ को म्युजिक भिडियोमा गायिका लिम्बु आफैंले अभिनय गरेकी छिन्। युगल पोमो लिम्बुद्वारा निर्देशित जानु काम्बाङ लिङ्देनद्वारा रचित उक्त गीतको भिडियोमा गायिका लिम्बुलाई अभिनेता निराजन प्रधानले अभिनयमा साथ दिएका छन्। सुमन राईद्वारा संगीतबद्ध दोस्रो गीत ‘काँडा जस्तै बिझिसक्यो..’ को भिडियोलाई भने जिबि लामाले निर्देशन गरेका हुन् जसमा रोहनी लामा तथा अनिश मगरको अभिनय छ।  

हेर्नुस् गीतका ‘म त नुमाफुङ पो’  म्युजिक भिडियो:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell