PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

कार दुर्घटनामा एकको मृत्यु, पाँच घाइते



पहिलोपोस्ट

कार दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

इटहरी : इटहरीबाट धरान गइरहेको बा १५ च २०६३ नंको कार चारकोसे जङ्गलको सेउती नजिकै सडक किनारमा दुर्घटना हुँदा सो कारमा यात्रारत धरान–१२ का विष्णु लिम्बूको घटनास्थलमै मृत्यु भएको छ। 

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दिउँसो ३ बजेतिर तीव्रगतिमा रहेको उक्त कार सडक किनारमा रहेको रुखमा ठोक्किन पुग्दा अन्दाजी वर्ष ४५ का विष्णु लिम्बूको घटनास्थलमा मृत्यु भएको हो। यो घटनामा अन्य पाँचजना घाइते भएका छन्। 

लिम्बूकी श्रीमती ३७ वर्षीया दिलकुमारी, पाँच महिने बच्चा तथा कार चालक एवम् कारधनी राजेन्द्र ल्वागुन, उनका १० वर्षीय छोरा नीरज ल्वागुन र श्रीमती सुशीला ल्वागुन घाइते भएको र उनीहरु सबैको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell