PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

​हिमालयन र नविल बैंकको एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ



पहिलोपोस्ट

​हिमालयन र नविल बैंकको एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

पोखरा : जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। 

पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय रामन डिभोभ र मार्टिन रिस्टोरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए। 

उनीहरुबाट प्रहरीले तीन थान ल्यापटप र मोबाइल पनि नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell