PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

​फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा एघार जना प्रतिस्पर्धामा



पहिलोपोस्ट

​फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा एघार जना प्रतिस्पर्धामा

पेरिस : फ्रान्सको राष्ट्रपतीय निर्वाचनको एक महिना बाँकी रहँदा राष्ट्रपतिको प्रतिस्पर्धामा जम्मा ११ जनाले प्रतिस्पर्धा गर्न पाउने गरी स्वीकृति प्रदान गरिएको फ्रान्सको संवैधानिक आयोगले शनिबार जनाएको छ। 

निर्वाचनमा सहभागी हुन आधिकारिक स्वीकृति प्राप्त राष्ट्रपतिका उम्मेदवारले ५०० भन्दा बढी मेयरको हस्ताक्षर बुझाउनुपर्नेमा जम्मा ११ जना उम्मेदवारले सो मापदण्ड पूरा गरेका आयोगका अध्यक्ष लरेन्ट फेवियसले बताए। 

आगामी अप्रिल २३ मा हुने पहिलोचरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले निर्वाचित बन्नका लागि चाहिने आवश्यक बहुमत प्राप्त गर्न नसक्ने अनुमान गरिएको छ। 

यद्यपि अफ्रिलमा हुने उक्त निर्वाचनबाट दुई प्रमुख प्रतिस्पर्धीको चयन हुनेछ र उनीहरुको प्रतिस्पर्धा पुनः मे ७ मा हुने निर्वाचनमार्फत हुनेछ। 

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी घोषणा गरी आयोगबाट आधिकारिकता पाएका पाँच प्रतियोगीले पहिला तीन टेलिभिजन बहसअन्तर्गत सोमबार प्रत्यक्ष सहभागिता जनाउँदै आफ्ना मुद्दाबारे मतदातालाई जानकारी गराउने छन्। 

यसरी सोमबारको बहसमा भाग लिने उम्मेदवारमा दक्षिणपन्थी उम्मेदवार म्यारिनले पेन, मध्यपन्थी उम्मेदवार इम्यानुयल म्याक्रन, रिपब्लिकन उम्मेदवार फ्रास्वाँ फिलन, समाजवादी पार्टिका बेनोइट ह्यामन र कम्युनिस्ट पृष्ठभूमिका जाँ लुक मेलेनचोन रहेका छन् । बाँकी छजना कसैले पनि पाँच प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सक्ने नदेखिएको बताइएको छ । रासस÷एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell