PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

​सेनाको सुरक्षा घेराभित्र आजदेखि मतपत्र छापिँदै, एक करोड ६० लाख मतपत्र छापिने



पहिलोपोस्ट

​सेनाको सुरक्षा घेराभित्र आजदेखि मतपत्र छापिँदै, एक करोड ६० लाख मतपत्र छापिने

काठमाडौंँ : निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको मतपत्र छपाइ आजदेखि गर्दैछ। शनिबार आयोग पदाधिकारीले परीक्षण मतपत्रको अवलोकन गरेपछि आइतबारदेखि निर्वाचन प्रयोजनाका लागि मतपत्र छाप्न लागिएको हो। छपाइ सक्न डेढ महिना लाग्ने आयोगको आकलन छ।

भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रको छापाखानामा उच्च सुरक्षा घेराभित्र मतपत्र छपाइ सुरु हुन लागेको हो। आइतबार साँझदेख नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ सुरु हुनेछ। 


आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले आइतबार साँझदेखि मतपत्र छपाइको तयारी अन्तिम चरणमा पुगेको बताए। 

चैत ५ गतेबाट नै मतपत्र छाप्ने आयोगको तयारी भएपनि प्राविधिक कारणले रोएिको थियो। मतपत्रको डिजाइनमा प्राविधि समस्या आएपछि दुई दिन ढिला गरी मतपत्र छाप्न लागिएको हो।

एक करोड ४० लाख प्रारम्भिक मतदातालाई ध्यानमा राखी एक करोड ६० लाख मतपत्र छाप्ने तयारी निर्वाचन आयोगको छ।
आयोगले एकै मतपत्रमा खुला तथा समावेशी गरी सात स्थानमा मतदान गर्नेगरी मतपत्र छाप्दैछ। ७५ जिल्लाका लागि ७५ प्रकारका मतपत्र छापिनेछन्। दल दर्ताको खंख्या अनुसार मतपत्र छापिनेछ। 

निर्वाचन आयोगका अनुसार सवैभन्दा लामो मतपत्र काठमाडौंको हुनेछ। काठमाडौंमा ४७ दल दर्ता भएका छन्। मनाङको मतवत्र सवैभन्दा छोटो हुनेछ। मनाङमा ६ दल दर्ता भएका छन्। संसद्मा प्रतिनिधित्व गरेका तर, जिल्लामा दर्ता नभएका दलहरु स्वतन्त्र रुपमा चुनाव लड्नुपर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell