
काठमाडौँ : वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई अभिनन्दन गरिएको छ। निबन्धकार शङ्कर लामिछानेको जन्मजयन्तीको सन्दर्भमा शनिबार विशेष कार्यक्रम गरी दीक्षितलाई अभिनन्दन गरिएको हो।
सोही प्रतिष्ठानले यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’बाट वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई नगद रु ५० हजारसहित पुरस्कृत गरेको छ। त्यसैगरी, शङ्कर लामिछाने युवा निबन्धकार पुरस्कार’बाट नियात्राकार दामोदर पुडासैनीलाई नगद रु २५ हजार तथा सम्मानपत्र प्रदान गरिएको छ।
सोही अवसरमा निबन्धकार नरेन्द्रराज पौडेलको ‘विमोचनको बिगबिगी’ नामक कृति विमोचन गरिएको थियो।