PahiloPost

Mar 24, 2026 | १० चैत्र २०८२

किङ खानलाई पुरुष हक्कीको उपाधि



पहिलोपोस्ट

किङ खानलाई पुरुष हक्कीको उपाधि

काठमाडौं : डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले दोस्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा किङ खानले नेपाल आर्मी क्लबलाई ५–० ले पराजित गर्दै उपाधि रक्षा गर्‌यो। विजयी टिमका लागि कप्तान अली खानले ह्याट्रिक गरे भने अली राजाले २ गोल गरे।

गत संस्करणमा पनि किङ खान आर्मीलाइनै हराउँदै च्याम्पियन बनेको थियो। उपाधिसंगै किङ खानले ३० हजार हात पार्दा आर्मीले २० हजार प्राप्त गर्यो।

नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबद्वारा आयोजित प्रतियोगितामा महेन्द्रनगरको हेल्प क्लब तेश्रो भयो। हेल्प क्लबले महेन्द्रनगरकै युनाइटेड क्लबलाई ४–३ गोलले हरायो। हेल्प क्लबका भानु अग्रवाल र मितेश सिंहले २–२ गोल गरे। हेल्प क्लबले १० हजार पायो।

एकदिने प्रतियोगितामा किङ खान, आर्मी, हेल्प क्लब, युनाइटेड क्लब, द जनकपुर क्लब, पोखरा हक्की क्लब, वीरगन्ज हक्की क्लब र मकवानपुर हक्की क्लब गरी ८ टिम सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell