PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

कुमारी बैंकले खुलायो एक अर्ब ३४ करोडको हकप्रद शेयर



पहिलोपोस्ट

काठमाडौँ : कुमारी बैंकले आइतबारदेखि हकप्रद निष्काशन गरेको छ। बैंकले साबिक दुई शेयर हुनेलाई एकको अनुपातमा हकप्रद निष्काशन गरेको हो।

बैंकले एक अर्ब ३४ करोड ९५ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार कित्ता हकप्रद निष्काशन गरेको छ। कुमारीको हकप्रद चैत्र ६ गतेदेखि २०७४ वैशाख १० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

बैंकको हाल पुँजी दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ। बैंकले पुस मसान्तसम्म २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell