PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

रेसनारीका राइडरहरु, १२ फोटोमा

रेसनारीका राइडरहरु, १२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : रेसनारी नेसनल च्याम्पियनसिप-२०१७ को उपाधि दीक्षा श्रेष्ठले जितेकी छिन्।

शनिबार ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा आयोजना भएको उक्त रेसिङ च्याम्पियनसिपमा करिब दुई दर्जनभन्दा बढी महिला राइडरको प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धीले ११० सिसीको होन्डा नाभी स्कुटी कुदाएका थिए।

वुमन इन स्पोर्ट्स एण्ड एड्भेन्चर अभियान सञ्चालन गरिरहेको नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले आयोजना गरेको रेसिङमा वर्षा बस्नेत दोस्रो तथा सुनिता सुनार तेस्रो भइन्।

युवायुवतीहरुका बीचमा लोकप्रिय उक्त इभेन्ट महिला बाइकरहरुलाई लक्षित गरी गत वर्षदेखि सञ्चालन गरिएको हो। पहिलो संस्करणामा पनि दीक्षा नै च्याम्पियन बनेकी थिइन्।

प्रतियोगिताका विजेताले नगद १० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे भने दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार र ५ हजार हात पारे।
 


ट्रेन्डिङ पोस्ट

Ncell