PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

को हुन् योगी आदित्यनाथ? युपीको मुख्यमन्त्री बनेपछि किन छाइरहेछ तरंग?



पहिलोपोस्ट

को हुन् योगी आदित्यनाथ? युपीको मुख्यमन्त्री बनेपछि किन छाइरहेछ तरंग?

भारतको उत्तर प्रदेश राज्यको मुख्यमन्त्री पदमा योगी आदित्यनाथ चयन भएपछि उनको चर्चा अहिले सर्वत्र चुलिएको छ। शनिबार भारतीय जनता पार्टी बिजेपीले योगी आदित्यनाथलाई मुख्यमन्त्री पदका लागि चयन गरेको थियो। मुख्यमन्त्रीको शपथको तयारीमा जुटेका आदित्यनाथलाई भारतको सबैभन्दा ठूलो प्रदेशको जिम्मेवारी मिलेको छ। 

आदित्यनाथ नेपालसँग सीमाना जोडिएको उत्तर प्रदेश राज्यको मुख्यमन्त्रीमा चयन हुनुलाई निकै चासोका साथ हेरिएको छ। उनी नेपालमा हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गर्दै आएका थिए। 

को हुन् योगी आदित्यनाथ? 
योगी आदित्यनाथको वास्तविक नाम अजय सिंह हो। उत्तराखण्डका वासिन्दा योगीले गढवाल युनिभर्सिटीबाट बिएससीसम्मको अध्ययन पूरा गरेका थिए। गोरखनाथ मन्दिरका महन्त अवैद्यनाथले उनलाई दीक्षा दिएर योगी बनाएका थिए। 

अवैद्यनाथले सन् १९९८ मा राजनीतिबाट सन्यास लिएपछि योगी आदित्यनाथलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए। 

सन् १९९८ को लोकसभा चुनावमा २६ वर्षको उमेरमा नै उनी सांसद बनेका थिए। उनी गोरखपुरबाट पाँचौ पटक सांसद बने पनि गत वर्षदेखि मुख्यमन्त्री बन्न सक्ने चर्चा परिचर्चा हुन थालेको थियो। 

उनले हिन्दु युवा वाहिनीको गठन गरेर धर्म परिवर्तनविरुद्ध अभियान नै थालेका थिए। योगी आदित्यनाथ केही विवादित बयानका कारण पनि चर्चामा रहेका छन्। 

उनले गोरखपुरका थुप्रै ऐतिहासिक स्थलहरुका नाम परिवर्तन गराएका थिए। त्यस क्षेत्रमा रहेको उर्दू बजार हिन्दी बजारमा परिणत भएका थिए। गोरखपुरको अलीनगर आर्यनगर बनेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell