काठमाडौं : सातौं ह्युण्डाई ओपल गल्फको उपाधि पुरुषतर्फ कुल विकास शाह र महिलातर्फ प्रतिमा शेर्पा जितेका छन्।
शनिबार गोकर्ण गल्फ क्लबमा शाहले ३९ अंक स्कोर गर्दै उपाधि जितेका हुन्। आङ नोर्वु शेर्पा दोस्रो तथा निश्चल जंग रायमाझी तेस्रो भए।
यस्तै महिलातर्फ २६ अंक स्कोर गर्दै प्रतिमा च्याम्पियन बनिन्।
गोपाल चित्रकारले सिनियर ६० वर्षमाथिको उपाधि जिते। ह्युण्डाई ओनर क्याटेगोरीमा जामलिङ घलेले उपाधि जिते।
विजेताहरुले ट्रफी गिफ्ट ह्याम्पर र स्मार्ट फोन प्राप्त गरे।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आयोजना गरेको एकदिने गल्फ प्रतियोगितामा कुल ११५ गल्फरले भाग लिएका थिए।