
काठमाडौं: गायक रमेश बानियाँको ‘हजारौंको भिडमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीत म्युजिक भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा बानियाँसँगै गायिका मेलिना राईको स्वर रहेको छ।
गीतमा प्रदीप परियारले शब्द र हरि लम्सालले संगीत दिएका छन्। गीतको भिडियोमा रमेश आफैले मोडलिङ गरेका छन्। उनको साथमा रविना मगरको फिचरिङमा छ। भिडियोले अन्तरजार्तिय जोडीको प्रेमकथा प्रस्तुत गर्न खोजेको छ। सो भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन्। सुन्दर लावती स्वयंम र अमिर माओले खिचेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन्।
रमेश बानियाँले यो गीत सार्वजनिक हुनुअघि ‘बाध्यता’ नामक पहिलो एल्बम सार्वजनिक गरिसकेका छन्। उनी अब दोश्रो एल्बम निकाल्ने तयारीमा जुटेको बताउँछन्।
हेर्नुस् भिडियो: