PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

सवारी अनुमतिपत्र लिनेलाई सहज, १० वस्तुगत प्रश्नको जवाफ मिलाए पुग्ने



पहिलोपोस्ट

काठमाडौँ : सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ। 

यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारीसाधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो। यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ। 

विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सबै नागरिकलाई सहज रुपमा सवारीसाधन अनुमतिपत्र लिन पाउन भन्ने उद्देश्यले नयाँ प्रक्रिया लागू गरिएको बताए। उनले भने, 'यसबाट लिखित परीक्षा दिँदा धेरै भिडभाड हुने, बिचौलियाको चलखेल हुनेलगायतका कुरा घट्छ।'  

यसअघि सवारीसाधन अनुमतिपत्र लिँदा सय पूर्णाङ्कमध्ये १९ लब्धाङ्कको विषयगत र ८१ लब्धाङ्कको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो। त्यसमा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए। विभागले लिखित परीक्षा दिएर अनुमतिपत्र लिएका चालकलाई फेरि अनुमतिपत्र लिँदा परीक्षा दिनु नपर्ने व्यवस्था गरेको डा पाण्डेले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell