PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

निर्वाचन र संविधान संशोधन एकै समयमा हुन सक्दैन : बिजुक्छे



पहिलोपोस्ट

निर्वाचन र संविधान संशोधन एकै समयमा हुन सक्दैन : बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए तापनि सम्भव भएका स्थानमा निर्वाचन गरी बाँकी रहेका स्थानमा पछि गर्न सकिने बताएका छन्। 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता बिजुक्छेले निर्वाचन र संविधान संशोधन एकै समयमा हुने नसक्ने बताउँदै पहिले निर्वाचन र पछि संशोधनको विषयलाई संसद्मा पेस गरी छलफल गर्न सुझाव दिए। 

निर्वाचन आयोगले आचारसंहिता जारी गरे तापनि ठूला दलले त्यसको पालना नगरेको आरोप लगाउँदै सांसद बिजुक्छेले आचारसंहिता लागू गर्नेतर्फ आयोगको ध्यानाकर्षण गराए। 

राप्रपाले सत्ताको दुरुपयोग गर्दै आयोगको काममा प्रभाव पर्ने गरी सत्ता छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु गलत हो भन्दै उनले सरकारले आयोगलाई प्रभावमा पार्नेभन्दा पनि स्वतन्त्र रुपमा काम गर्न दिनुपर्नेमा जोड दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell