.jpg)
- दिनेश खड्का
बस चढ्दा खुद्रा पैसाको जोहो गर्नु पर्ने झन्झटप्रति भने उनलाई वाक्क लाग्थ्यो। गत सातादेखि उनले उक्त झन्झटबाट मुक्ति पाएका छन्।
चैत १ गतेदेखि साझाले स्मार्ट कार्ड प्रयोगमा ल्याएपछि उनले कार्ड लिए र त्यसमा २०० रुपैयाँ ब्यालेन्स हाले। ३ चैतमा अफिस जान साझा चढ्दा ढोकै छेउनको मेसिनमा उक्त कार्ड छुवाए। ओर्लिने बेला अगाडिको ढोका नजिक राखिएको मेसिनमा फेरि कार्ड छुवाए। १३ रुपैयाँ ब्यालेन्स काटियो। उनी दङग परे। यसअघि गोजीमा खुद्रा पैसा नहुँदा १५ रुपैयाँसम्म तिर्नु पर्थ्यो। उक्त समस्याबाट अब सधैँलाई मुक्ति मिलेको छ।
अचेल उनी हरेक दिन उक्त कार्ड लिएर बस चढ्छन् र मेसिनमा छुवाउँछन्। त्यसैबाट उनको भाडा काटिन्छ। विदेशका सुविधासम्पन्न सहरमा पाइने सुविधा भोग्न पाउँदा थापा दंग छन्।
साझाले स्मार्ट कार्ड प्रचलनमा ल्याउँदा सुरुमा लिन जाने १०० यात्रुलाई सित्तैमा दिने घोषणा गरेको छ। थापाले त्यही लटमा कार्ड लिएका हुन्। अहिलेसम्म २५ भन्दा बढी कार्ड वितरण भइसकेको र अझै ७५ हाराहारी सित्तैका कार्ड बाँकी रहेको साझाले जनाएको छ। सुरुवातका १०० कार्ड सकिएपछि भने १५० रुपैयाँ तिर्नु पर्ने हुन्छ।
त्यसमा साझाको लगनखेलस्थित काउन्टरबाट चाहेजति ‘ब्यालेन्स’ हाल्न मिल्छ। कार्ड पनि त्यहीँबाट वितरण गरिएको छ। लगनखेल-रत्नपार्क-नयाँ बसपार्क रुटमा चल्ने साझाका १० बसमा यो सुविधा रहेको साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बताए।
साथै नेपाल बैंकले पनि आफ्नोमा खाता खोल्न आउने ५०० नयाँ ग्राहकलाई साझाको स्मार्ट कार्ड सित्तैमा दिने जनाएको छ।
बसमा राखिएको मेसिनले सरकारले तोकेको भार दर अनुसार कार्डबाट पैसा काट्ने गर्छ। यदि कसैले बस चढ्ने बेलामा कार्ड मेसिनमा छुवाएको छैन भने चाहिँ २० रुपैयाँ ब्यालेन्स काटिन्छ।
दुरीका आधारमा व्यालेन्स काट्ने भएको हुँदा विद्यार्थीलगायत अन्य राज्यबाट छुटका लागि सिफारिस पाएका नागरिकले भने तत्काल सुविधा नपाउने साझाले जनाएको छ। कार्ड प्रयोग गर्दा यात्रु भाडामा एकरुपता आउने र उपभोक्ता ठगिनबाट बच्ने पाण्डेको दाबी छ।