PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

जुनियर नेपाली टेटे टोली भारत प्रस्थान



पहिलोपोस्ट

जुनियर नेपाली टेटे टोली भारत प्रस्थान

काठमाडौं : आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ।

चैत १० देखि १२ गतेसम्म हुने प्रतियोगतामा पुरुष/महिलामा समान ५/५ खेलाडीले यु–२१ उमेर समूह अन्तर्गत सिंगल्स, डबल्स, मिक्स र टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

पुरुष खेलाडीमा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मणिकुमार लामा, रितिज जोशी, विपुल महर्जन र नारायण घिमिरे रहेका छन्। महिलामा सोनु थापा मगर, सिक्का सुवाल, गीता अर्याल, सुजाता दुवाल र मन्जु सुवाल छन्। प्रशिक्षकमा सञ्जय अर्याल तथा टिम व्यवस्थापकमा शिव देउजा रहेका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell