3.jpg)
काठमाडौं : एसियन जोनल ३.२ चेस च्याम्पियनसिपको पहिलो चरणमा नेपाली खेलाडी सुमित पन्तले महत्वपूर्ण जित हात पारेका छन्।
आइतबारदेखि राजधानीमा सुरु भएको च्याम्पियनसिपमा उनले बंगलादेशी आइएम अबु सफीयन सकील(२३४३) लाई पराजित गरे।
अन्य शीर्ष खेलाडीले पहिलो चरणमा सफलता पाए। शीर्ष बरियताका बंगलादेशी जिएम जिआउर रहमानले नेपालका बद्री लाल नेपाली, बंगलादेशकै जिएम जीएम अब्दुल्लाह अल रकिबले सजिन मर्हजन, जिएम इमानुएल हुसेनले भुपेन्द्र निरौला र जिएम नियाज नुर्सादले नबीन तण्डुकारलाई हराए।
एफएम हसन मेहन्दीले रञ्जन कुबँर र एफएफ मुजाफीर सयर रहमानले विवेक श्रेष्ठ तथा आशिष फुयाँलले श्रीलंकाका कालुगम पिटिया आरएसलाई हराए।
मदनकृष्ण कायस्थले मिलन लामा, हिमाल लामाले राजेन्द्र पराजुली, केशब श्रेष्ठले सुमन राइ, एफएम मनीष हमालले मोहन सिंह प्रधान, क्षितिज भण्डारीले माल्दीभ्सका अहमद अमान इब्राहिम र रिजेन्द्र राजभण्डारीले मोहम्मद इम्रान खानलाई हराए।
अन्य नेपाली खेलाडीको प्रदर्शन राम्रो हुन सकेन। डब्लुआइएम हमिद रानीस खानसंग शान्ता थापा, डब्लुएफएम नजरान खानसंग सिन्दीरा जोशी, सरिमिन सिमाहा सिमीमीसंग पुनम प्रसाइ र साउमी जैनाबसंग सबिना श्रेष्ठ पराजित भए।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे। एसियन जोनल थ्री प्वाइन्ट टुका अध्यक्ष राजेशहरी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बुद्धीचाल संघका अध्यक्ष एकलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल लगायतको उपश्थिती थियो।
२८ मार्चसम्म हुने प्रतियोगितामा नेपाल सहित बंगलादेश, माल्दीभ्स र श्रीलंकाका समेत कुल ४२ खेलाडीको सहभागिता रहेको छ।