PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

निर्वाचनको राजनीतिक वातावरण नबनेकोमा आयोगको चिन्ता



पहिलोपोस्ट

 निर्वाचनको राजनीतिक वातावरण नबनेकोमा आयोगको चिन्ता

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचनको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त  गरेको छ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले अन्य क्षेत्रमा तयारी तीब्र गतिमा अघि बढे पनि राजनीतिक वातावरणका विषयमा अपेक्षित वातावरण निर्माण नभएको भन्दै चिन्ता व्यक्त गरे।

'२०७४ बैसाख ३१मा हुने स्थानीय तहको निर्वाचनको ऐतिहाँसिक अभिभारा पुरागर्न द्रुत गतिमा आयोग अगा८ बढिरहेको अबस्थामा राजनीतिक दलहरुबीच अपेक्षित सहमति, सहकार्य र विश्वास अझैसम्म कायम हुन नसक्दा निर्वाचन आयोगलाई गम्भीर बनाएको छ,' प्रमुख आयुक्त डाक्टर यादवले भने, 'अतः सम्पूर्ण राजनीतिकदलहबीच स्थानीय निर्वाचन व्यवस्थापन कार्यलाई सहज सरल र सुगम बनाउन आपसी सद्भाव कायम गरी निर्वाचनको अभियानमा जुट्न,सहभचागि हुन म सबै रँजनीतिक दलहरुलाई हार्दिक अनुरोध गर्दछु।'

प्रमुख आयुक्त यादवले निर्वाचनका लागि मतदाता पछि सबैभन्दा महत्वपूर्ण राजनीतिक दल भएको भन्दै उनीहरुको सहकार्य र निर्वाचनप्रतिको प्रतिबद्धताले निर्वाचनको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

प्रमुख आयुक्त यादवले निर्वाचन आयोग वातावरणप्रति नतिरश भएको हो भन्ने प्रश्नमा आयोग एकदमै आसावादी रहेको बताए। 'निर्वाचन आयोग निर्वाचन हुनेमा शंका गरिरहेको छैन, एकदमै आसावादी पनि छ,' उनले भने,'तर निर्वाचनका लागि राजनीतिक वातावरण अपेक्षित रुपमा बनिरहेको छैंन त्यसैले हामीले राजनीतिक दलको ध्यानाकर्षण गर्न खोजेका हौ।'

उनले देशका केही भागमा राजनीतिक समस्या भए पनि राजनीतिक दलले चसुनावलाई इन्कार गर्न नसक्ने र गर्नुपनि नहुने भन्दै निर्वाचनमा सबै दल सहभागि हुने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell