A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6980f3d030ee60.99544077): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6980f3d030ee60.99544077,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6980f3d03126a3.40872272): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6980f3d03126a3.40872272,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6980f3d0349258.74227512): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6980f3d0349258.74227512,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कमल थापाका कारण माओवादी-कांग्रेस गठबन्धनमा खटपट
PahiloPost

Feb 3, 2026 | २१ माघ २०८२

कमल थापाका कारण माओवादी-कांग्रेस गठबन्धनमा खटपट



रमेश वाग्ले

कमल थापाका कारण माओवादी-कांग्रेस गठबन्धनमा खटपट
उपप्रधानमन्त्री विमलेन्द्र निधि र प्रधानमन्त्री प्रचण्ड। फाइल फोटो

काठमाडौँ : मधेसी मोर्चाले समर्थन फिर्ता लिएपछि वर्तमान गठबन्धन सरकारलाई काँध थाप्न आएका चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपप्रधानमन्त्रीसहित सुटुक्क दोस्रो वरियता दिएपछि माओवादी-कांग्रेस गठबन्धनमा खटपट आएको छ। 

सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधानमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा रहेका बेला गएको बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले कमल थापालाई दोस्रो वरियतामा राखेका थिए। जबकि प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटमा भने कमल थापालाई विमलेन्द्र निधि र कृष्णबहादुर महराभन्दा तल तेस्रो वरियतामा राखिएको छ। 

उपप्रधानमन्त्री निधि हिजो शनिबार नेपाल फर्किसकेपछि मात्र यो कुरा थाहा पाएका थिए। प्रेस विज्ञ रामजी दाहालका अनुसार निधिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेटी यस विषयमा आपत्ति जनाएका थिए। 'उहाँले यसो भए सत्ता गठबन्धनमा समस्या आउन सक्ने कुरा प्रधानमन्त्रीसँग राख्नुभयो', उनले भने। 

निधिले प्रधानमन्त्रीसँगै पार्टी सभापति शेरबहादुर देउवासित पनि यो विषयमा गम्भीर छलफल गरेका थिए। 

आइतबार साँझ देउवा निवासमा कांग्रेसका वरिष्ठ नेताहरुको बैठक बसेको थियो। बैठकमा देउवासँगै सशांक कोइराला, रामशरण महत, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, सीता यादव र बालकृष्ण खाँड उपस्थित थिए। बैठकले कमल थापालाई दोस्रो वरियता दिने कुरा स्वीकार गर्न नसकिने, सत्ता गठबन्धन बनाउँदाको सहमति विपरीत भएको यो कुरालाई तत्काल सच्याउनु पर्ने निश्कर्ष निकालेको छ।
 
बैठकमा निधिले आफूले प्रधानमन्त्रीसित बिहान कुरा गर्दा कांग्रेससँग दोस्रो वरियता दिने सहमति पनि भएको हो, तपाईँलाई दोस्रो वरियता दिएको पनि हो तर कमल थापाले आफू सिनियर भएको भन्दै नमानेपछि त्यसो गरिएको बताएको ब्रिफिङ गरेका थिए। 

कमल थापा यसअघि केपी ओलीको सरकारमा पनि तेस्रो वरियतामा थिए। थापाले अहिलेसम्म कार्यवाहक प्रधानमन्त्री चलाएका छैनन्। ओली सरकारमा कार्यवाहक विजयकुमार गच्छदारले चलाएका थिए।
 
वर्तमान सरकारमा गच्छदारलाई भित्र्याउने कुरामा पनि गच्छदारले दोस्रो वरियता मागेको तर कांग्रेसले दिन चाहिरहेको थिएन। 

प्रचण्ड सरकार बनाउन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिमा माओवादीले नेतृत्व गरुन्जेल कांग्रेसलाई दोस्रो वरियता र कांग्रेसले नेतृत्व लिएपछि माओवादीलाई दोस्रो वरियता दिने तय भएको थियो। 

नेपाली कांग्रेसले हालको गठबन्धन संसदमा पहिलो र तेस्रो ठूलो दलका बीच भएको र बाँकी दल सत्ता सहयोगी मात्र रहेकोले उनीहरुले पोजिसन खोज्न मिल्दैन भन्ने रहेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell