PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

​सुनसरीमा चार लाख २९ हजार मतदाता, तीन बर्षमै ६० हजार मतदाता थपिए



पहिलोपोस्ट

​सुनसरीमा चार लाख २९ हजार मतदाता, तीन बर्षमै ६० हजार मतदाता थपिए

इनरुवा : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट चार लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन्। 

यहाँ पछिल्लो तीन वर्षकै अवधिमा झन्डै ६० हजार मतदाता थपिएका हुन्। 

जिल्लामा हालसम्ममा चार लाख २९ हजार ८२३ मतदाताको नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी जानकी कर्णले जानकारी दिइन। 
यस वर्ष मात्र ११ हजार नयाँ मतदाता बढेको कार्यालयका नायब सुब्बा शान्तिबहादुर अधिकारीले बताए। जिल्लामा विवाह गरेर आउने महिला, विदेशबाट फर्किएका पुरुष र उमेर पुगेका व्यक्ति तथा पहाडी जिल्लाबाट सरेर आएका बढेकाले मतदाता संख्या ह्वात्तै बढेको प्रमुख कर्णको भनाइ छ। यता हालै सरकारको निर्णय अनुसार सुनसरीमा स्थानीय तह कार्यान्वयनमा आएका छन्। 

जिल्ला विकास समितिबाट जिल्ला समन्वय समितिमा रुपान्तरित भएको छ । इनरुवामा गाभिएका मधेसा, चाँदबेला, डुम्राहाका २, ७ र ९ वडा, बबिया र जल्पापुर क्रमशः ६, ७, ८, ९ र १० नम्बर वडा कायम भएका छन्। 

नाम परिवर्तन गर्नेदेखि तहगत संरचना कार्यान्वयनमा आए–नआएकोबारे जिल्ला समन्वय समिति सुनसरीले अनुगमनको क्रम समेत अघि बढाएको छ। नयाँ बनेका तहगत संरचनाको जिम्मेवारी समेत सुम्पिसकिएको छ। सुनसरीमा दुई उपमहानगर, चार वटा नगरपाालिका र ६ गाउँपालिकासहित १२ वटा स्थानीय तह कायम भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell