
राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
ठाकुर रुपनगरस्थित शंकर उच्च माविमा परीक्षा दिन भारदहको बिपी मावि परीक्षा केन्द्रबाट परीक्षा दिन जाँदै गर्दा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस