
काठमाडौं : लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार भ्यालेनसियालाई पराजित गर्दै शीर्ष स्थानको रियल मड्रिडसँग अंक दुरी घटाएको छ।
एक गोलले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले १० खेलाडीमा रहेको भ्यालेन्सियालाई ४-२ ले पराजित गरेको हो।
२९ औं मिनेटमा मांगालाले गोल गर्दै भ्यालेन्सियालाई पहिले अग्रता दिलाएका थिए। ३५ औं मिनेटमा लुइस सुवारेजले बार्सिलोनाका ला लागि बराबरी गोल फर्काए।
४४ औं मिनेटमा भ्यालेन्सियालाई दोहोरो झड्का लाग्यो। गोकर्ता मांगाला रातो कार्ड बेहोर्दै मैदान बाहिरिए भने बार्सिलोनाले पेनाल्टी पायो। जसमा मेसीले सहजै गोल गर्दै बार्सीलोनालाई अग्रता दिलाए। तर पहिलो हाफको इन्जुरी टाइममा भ्यालेन्सियाका मुनिर अल हड्डाईले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए।
भ्यालेन्सियाको एक खेलाडी कम भएको फाइदा बार्सिलोनाले दोसर्रो हाफमा उठायो। मेसीले ५२ औं मिनेटमा गोल गर्दै बार्सालाई ३-१ को अग्रता दिलाए।
मेसीले बार्सिलोनको लागि एकै खेलमा दुई गोल गरेको यो सयौं अवसर हो। भ्यालेन्सिया विरुद्ध दुई गोल पछि ला लिगाको सर्वाधिक गोलकर्ता मेसीको गोल संखया २५ पुगेको छ। यस्तै दोस्रो स्थानमा रहेका बार्सिलोनाकै सुवारेजको २२ गोल भएको छ।
खेलको अन्त्यतिर वैकल्पिक खेलाडी आन्द्रे गोमेजले पनि गोल गरेपछि बार्सिलोनाले ४-२ को जित हासिल गरेको हो।
जितपछि बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ।