PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

​संसद् बैठक बस्दै, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन विधेयक पारित हुने



पहिलोपोस्ट

​संसद् बैठक बस्दै, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन विधेयक पारित हुने

काठमाडौं : व्यवस्थापिका संसद्को बैठक आज पनि बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसम्वन्धी विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।

यस्तै बैठकले गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक पारित पनि गर्नेछ। संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको प्रस्तावमा विधेयक पारित हुने सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशन गरेको छ।

दुवै विधेयक सदनमा नै दफावार छलफल गरी फास्ट ट्रयाकमा पारित गर्न लागिएको हो। यसअघि संसद्को गत बुधबारको बैठकले दुवै विधेयकलाई संशोधन दर्ताका लागि अनुमोदन गरेको थियो। विधेयकमाथिका प्राप्त संशोधनमा पनि संसदमा नै छलफल हुनेछ।

यस्तै, आजको बैठकले बस्तु विनिमय बजारसम्वन्धी विधेयकलाई संशोधन दर्ताका लागि अनुमोदन गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell