PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, लक्की शेर्पा रोलक्रममा पहिलो



पहिलोपोस्ट

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, लक्की शेर्पा रोलक्रममा पहिलो

काठमाडौँ : सरकारले नियुक्ति प्रक्रिया अगाडि बढाएका राजदूतहरुको संसदीय सुनुवाइ सुरु भएको छ।

सोमबार अष्ट्रेलियाका लागि सिफारिस भएकी लक्की शेर्पाको सुनुवाइ हुन लागेको हो। संसदीय सुनुवाइ समितिका सचिव ध्रुब घिमिरेले उजुरीकर्तासँग छलफलपछि शेर्पाको नाममा सुनुवाइ हुन लागेको जानकारी दिए। शेर्पाको नाममा कुनै उजुरी छैन। पहिलो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी शेर्पा दोश्रो संविधानसभा निर्वाचन अघि नेकपा माओवादी केन्द्र प्रवेश गरेकी थिइन्।

घिमिरेले एकसाथ नियुक्ति सिफारिस भएका १२ राजदूतका लागि चार वटा उजुरी परेको उल्लेख गर्दै पहिला उजुरीकर्तासँग छलफल गर्न लागिएको बताए।

सरकारले गत ९ फागुनमा विभिन्न १४ जना राजदूत नियुक्ति सिफारिस गरेको थियो। संसदको सुनुवाइ विशेष समितिमा ११ फागुनमा १२ जनाको मात्र नाम पठाएको थियो। दूतावास नै नभएको स्पेनमा भरत रायमाझी र युएईका लागि आशा लामाको नाम सुनुवाइमा पठाउनुअघि हटाएको थियो।

को को छन् सिफारिसमा परेका?

सरकारले दुई नाम फिर्ता गर्दै फागुन १९ गते १२ जनाको नाम सुनुवाइका लागि पठाएको थियो। जसमा, भीम उदास –म्यान्मार, डा. चोपलाल भुसाल – बंगलादेश, प्रा। डा। विश्वम्भर प्याकुरेल –श्रीलंका, अर्जुनजङ्गबहादुर सिंह – दक्षिण कोरिया, रमेशप्रसाद कोइराला –कतार, लक्की शेर्पा –अस्ट्रेलिया, युवनाथ लम्साल –डेनमार्क, प्रा।डा। महेन्द्रप्रसाद सिंह राजपुत –साउदी अरेबिया, पदम सुन्दास – बहराइन, प्रतिभा राणा – जापान, निरञ्जन थापा –इजरायल र शर्मिला पराजुली ढकाल ओमन लागि सिफारिस भएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell