PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

एनसेलको निशुल्क ट्विटर सेवा बन्द हुँदै



पहिलोपोस्ट

एनसेलको निशुल्क ट्विटर सेवा बन्द हुँदै

काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक एनसेलले फ्री ट्विटर र फ्री विकिपिडिया सेवा बन्द गर्ने भएको छ।

एनसेलले विज्ञप्ति जारी गर्दै यही चैत १२ गतेदेखि निशुल्क सेवा बन्द हुने जनाएको हो। एनसेलले २०७१ जेठ १३ गतेदेखि निःशुल्क ट्विटर सेवा उपलव्ध गराउँदै आएको थियो। सुरुमा तीन महिनाका लागि एनसेलले दूरसञ्चार प्राधिकरणबाट स्किम स्वीकृत गरेको थियो। तर, पटक-पटक गरी हालसम्म सेवा दिँदै आइरहेको छ।  

एनसेलले एक वर्षभन्दा अघिदेखि मोबाइल एप्लिकेशनहरुमा ट्विटर निशुल्क गर्दै आएको थियो। टेलिया कम्पनीले एक्जियटा कम्पनीलाई एनसेल ब्रिकी गरे पनि कम्पनीले निशुल्क ट्विटर कायम राखेको थियो।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell