PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

जिल्ला समन्वय समितिको बोर्डमा कालो पोतियो, मोर्चाले लेख्यो- मधेस सरकार



पहिलोपोस्ट

जिल्ला समन्वय समितिको बोर्डमा कालो पोतियो, मोर्चाले लेख्यो- मधेस सरकार

वीरगन्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले जिल्ला समन्वय समिति पर्साको कार्यालय बोर्डमा मधेस सरकार लेखेको छ। मोर्चाका स्थानीय नेता कार्यकर्ताले 'जिल्ला समन्वय समिति' कालो रङले मेटेर 'मधेस सरकार' लेखेका हुन्।

सरकारले संसदमा पेश गरेको संविधान सशोधन प्रस्तावलाई थाती राखेर स्थानीय तह निर्वाचन मिति तोकेको र मोर्चालाइ पेलेर जान खोजेकाले विरोधस्वरुप यो अभियान चलाइएको राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेलले बताए। विना संशोधन कुनै पनि हालतमा चुनाव गर्न नदिने मोर्चाले चेतावनी दिँदै आएको छ।
 
'आज जिल्ला समन्वय समितिमा कालो पोतिएको छ, भोलिदेखि गाउँपालिकाको कार्यालयमा पनि कालो पोतेर मधेस सरकार लेख्ने अभियान चलाइन्छ,' अध्यक्ष पटेलले भने, 'स्थानीय निकायको चुनाव गराउने अधिकार संघीय प्रदेशको हो, न कि केन्द्रीय सरकारको। यसलाई कुनै पनि हालमा स्विकार गर्दैनौं।'
 
मोर्चाले सोमबार बिहानैको बैठकपछि जिल्ला समन्वय समितिको मूल गेट र बोर्डमा मधेस सरकार लेखेका थिए।
 
यो अभियानमा संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादव, केन्द्रीय सदस्य करिमा वेगम, सद्भावना पार्टीका नगरसभापति ओमप्रकाश सर्राफ, तराई मधेस सद्भावना पार्टीका राजेश यादव, नेपाल सद्भावना पार्टीका कृष्णा पटेल लगायत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell