PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

आज विश्व बाल रंगमञ्च दिवस मनाइँदै



पहिलोपोस्ट

आज विश्व बाल रंगमञ्च दिवस मनाइँदै

काठमाडौं : विश्व बाल रंगमञ्च दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। 

बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशन र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले आज राजधानीमा विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागेको हो। 

नेपालमा विगत केही वर्षदेखि थिएटर मल नाटकघरका बालबालिकाका लागि रंगमञ्चीय कार्य गर्दै आएका यस संस्थाले यस वर्ष जर्मनीबाट आएको अन्तर्राष्ट्रिय बाल नाट्य समूह ‘क्लाउन विथवाउट बोर्डरर्स’को क्लाउन नाटक शो तथा क्लाउन कार्यशाला गर्ने भएको हो। 


बालसाहित्यमा संलग्न विदेशी तथा स्वदेशी रंगकर्मी, अभिभावक र बालबालिकाबीच क्लाउन शो र अन्तरक्रिया गरी कार्यक्रम मनाइन लागेको आसितेज नेपालका अध्यक्ष दीपर्शन जंग रानाले बताए। 

मार्च २० मा 'बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन्' भन्ने अभियानका साथ विश्वभर यो दिवस मनाइँदै आएको छ। 

त्यस्तै थिएटर मलले यही अवसरमा आगामी १९ गतेदेखि बालबालिकाको लागि १५ दिने अभिनय तथा नाट्य प्रशिक्षणसमेत आयोजना गर्न लागेको थिएटर सेन्टर फर चिल्ड्रेन नेपालका कला निर्देशक केदार श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell