PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

​आइजी प्रकरण : डिआइजी अर्यालद्वारा पनि सर्वोच्चमा रिट दर्ता



पहिलोपोस्ट

​आइजी प्रकरण : डिआइजी अर्यालद्वारा पनि सर्वोच्चमा रिट दर्ता

काठमाडौँ : प्रहरी महानिरीक्षक (आइजी) का लागि आफ्नो योग्यता मूल्याङ्कन गरियोस् भन्दै सोमवार सर्वोच्च अदालत पुगेका डिआइजी प्रकाश अर्यालको रिट सर्वोच्च प्रशासनले आज दर्ता गरेको छ। 

आइतबार रिट लिएर अर्यालका कानुन व्यवसायी दिनभर सर्वोच्च प्रशासनमा बसे पनि दर्ता वा दरपीठ दुवै भएको थिएन। सोमबार कार्यालय समयको सुरुवातमै सर्वोच्च प्रशासनले अर्यालको रिट दर्ता गरेको हो।

अर्यालले आफ्नो कार्य सम्पादन मूल्याङ्कन माग गर्दै रिट दर्ता गरेको अर्यालका कानुन व्यवसायी सुवास लामिछानेले बताए। 

सरकारले तेस्रो वरियतामा रहेका जयवहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्तका लागि सिफारिस गरेपछि उनको नियुक्तिमा प्रश्न उठाउँदै दायर रिट सर्वोच्चमा विचाराधीन छ। 

डिआइजी नवराज सिलवालले वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै रिट दायर गरेका थिए। चन्द सिफारिसविरुद्ध रिट परेपछि सर्वोच्चले कार्य सम्पादन मूल्याङ्कन फाइल मागेको थियो।  

इन्सपेक्टरमा आफु अब्बल नम्बरसहित आफू नियुक्त भएको र त्यसै अनुसार माथिल्लो पदमा पनि नियुक्त हुँदै गएकाले प्रहरी प्रमुख नियुक्तिमा आफ्नो पनि कार्यसम्पादन मूल्यांकन हुनुपर्ने माग राख्दै अर्याल आइतबार बिहान अदालत पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell