PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

झापामा जुडोको विद्यालय बन्दै



पहिलोपोस्ट

काँकडभिट्टा (झापा) : झापामा १६ लाखको लागतमा जुडो प्राथमिक विद्यालयको पक्की भवन निर्माण हुने भएको छ । 

कुमरखोद–६ मा बन्न लागेको उक्त दुईकोठे पक्की भवनको आइतबार राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गरे। 

जुडो खेलको नामबाट स्थापित नेपालकै पहिलो नमुना विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाइ हुने गरेका छन्। विद्यालयमा चार सय विद्यार्थी रहेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शङ्कर थापाले बताए। उनले अन्य विषयसँगै मार्सल आर्टका बारेमा पनि पढाइ हुने यो नेपालकै पहिलो विद्यालय भएको दाबी गरे। 

जिल्ला शिक्षा कार्यालय, झापाबाट प्राप्त १६ लाखको बजेटबाट उक्त विद्यालय भवनको निर्माण कार्य सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृत्यराज विष्टले बताए। 

सो अवसरमा सचिव विष्टले भवन निर्माणका लागि राखेपमार्फत नगद पाँच लाख सहयोगस्वरुप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे। भवन अभावमा अहिले बाँसको चित्राले घेराबेरा गरी कक्षा कोठा निर्माण गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell