PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

मोर्चाप्रति आक्रोशित रामहरिले सोधे- 'तलब-भत्ता बुझ्ने, चुनावको विरोध गर्ने?'



पहिलोपोस्ट

मोर्चाप्रति आक्रोशित रामहरिले सोधे- 'तलब-भत्ता बुझ्ने, चुनावको विरोध गर्ने?'

काठमाडौँ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मधेसी मोर्चाले ससंद बहिष्कार गरेकोमा आलोचना गरेका छन्।
 
खतिवडाले संसदको विशेष समयमा बोल्दै तलब भत्ता बुझेर निर्वाचनको विरोध गरेको आरोप मोर्चालाई लगाए। 'मोर्चा बहिष्कार गरेर हिँडेको छ। तलब भत्ता बुझ्ने अनि जनप्रतिनिधि गाउँमा जानुपर्नेमा चुनावको विरोध गर्ने?' खतिवडाले प्रश्न गरे।
 
नेकपा एमालेले पनि आफूलाई राष्ट्रवादी भन्दै अरुलाई अराष्ट्रवादीको रुपमा प्रस्तुत गर्दा निर्वाचनको वातावरण नबनेको उनको भनाइ थियो।
 
'प्रतिपक्ष अरुलाई नमानी अप्ठेरो रुपमा गाली गर्दै हिँडेको छ। अरुको अस्तित्व स्वीकार नगर्ने बाटोमा गएको छ। अरु दलै होइनन् भनेर हिँडेका छन्', खतिवडाले भने, 'सत्तापक्षले प्रतिपक्षलाई साथमा काम गर्न नसकेको आभास भइरहेको छ।'
 
खतिवडाले प्रहरी महानिरीक्षक नियुक्तिबारे अदालतमा विचारधीन मुद्दालाई संकेत गर्दै 'कार्यपालिकाको काममा न्यायपालिकाले धावा बोल्दा सुमुधर सम्बन्ध' नहुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell