PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

उपप्रधानमन्त्री कमल थापा सडकमै बसे धर्ना, राप्रपा प्रदर्शनका ९ दृश्य

उपप्रधानमन्त्री कमल थापा सडकमै बसे धर्ना, राप्रपा प्रदर्शनका ९ दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दु राष्ट्र शब्द हटाएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी यति बेला आन्दोलनमा छ। सोही कार्यक्रमअनुसार आज बहादुर भवनस्थित आयोगको कार्यालयमा धर्नाको कार्यक्रम थियो।
 
पार्टीका वरिष्ठ नेतासहित कार्यकर्ताहरु आयोगतिर बढे तर प्रहरीले घेरा खडा गरेकाले उनीहरु छिर्न पाएनन्। प्रहरीको घेरा तोड्ने क्रममा झडप भयो। दोहोरो घम्साघम्सीमा प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले पहिलोपोस्टलाई बताए।
 
सो झडपका क्रममा आफ्ना दर्जनौं कार्यकर्ता घाइते भएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्।
 
प्रहरीले लखेटेपछि उनीहरुले सडकमै नाराबाजी गरेका छन्। झन्डामा प्रयोग भएका लठ्ठी जलाए। र, सडकमै धर्ना बसे। धर्नामा पार्टी अध्यक्षका साथै वर्तमान सरकारका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापा पनि पलेटी कसेर बसेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell