PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

'निर्वाचनको मुखमा सरकारले ब्रह्मलुट मच्चायो'



पहिलोपोस्ट

'निर्वाचनको मुखमा सरकारले ब्रह्मलुट मच्चायो'

काठमाडौं : नेकपा एमालेका सांसद रवीन्द्र अधिकारीले अर्थ मन्त्रालय अराजकता निम्त्याउने मन्त्रालय बनेको आरोप लगाएका छन्।
 
संसदको सोमबारको बैठकमा बोल्दै विकास समितिका सभापति समेत रहेका अधिकारीले निर्वाचन आउनै लाग्दा सरकारले सञ्चित कोष बर्बाद पारिरहेको टिप्पणी गरे। 'वैशाख ३१ गतेका लागि निर्वाचन मिति घोषणा भएको अवस्थामा चैत ४ सम्म योजनामा नभएको बजेट पठाउने काम गरिएको छ,' उनले भने, 'हामी निर्वाचन गर्दैछौँ कि सञ्चीत कोष बर्बाद गरिरहेका छौं?' सरकारले आर्थिक अनुशासनहिनताको पराकाष्ठा नाघेको पनि उनले बताए।
 
बजेटमा भएको कार्यक्रम निष्क्रिय बनाउने र नयाँ कार्यक्रम अगाडि सारेर रकम बाँड्ने प्रवृत्तिले पुराना कार्यक्रम पूरा नहुने भन्दै उनले यसले विकासको हविगत भएको चिन्ता व्यक्त गरे। 'पुँजीगत विकास खर्च १५ प्रतिशत भइरहेको छ। रकमान्तर १० प्रतिशत मात्र गर्न पाइन्छ,' उनले प्रश्न गरे, 'तर विभिन्न मन्त्रालयबाट ९९ अर्ब बराबरको रकमान्तर गरेर सरकारले किन ब्रह्मलुट मच्चाइरहेको छ?' भौतिक पूर्वाधार मन्त्रालयले नै ४० अर्बको रकमान्तर गरेको उनले बताए।
 
राष्ट्रिय योजना आयोग मन्त्री र मन्त्रालयका अराजकता हेर्ने निकाय भए पनि ती सबै निरीह भएको अधिकारीको भनाइ छ। राष्ट्रको ढुकुटीमा लापरबाही गर्न मिल्छ कि मिल्दैन भन्दै उनले बजेटमा उल्लेख नभएका र सिफारिस नभएका योजनामा बजेट छुटयाइएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell