
भक्तपुर : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम सुरु भएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आइतबार साँझबाट कडा सुरक्षा घेराबीच मतपत्र छपाइको कार्य सुरु गरेको हो।
नयाँ किसिमका मतपत्र ठूलो संख्यामा छाप्नुपर्ने भएपछि आयोगले उम्मेदवारी दर्ता नहुँदै मतपत्र छाप्न काममा तीब्रता दिएको हो। मतपत्र छपाइका लागि एक सय ४५ कर्मचारी खटाइएका छन्।
निर्वाचनका लागि सातवटा पद रहने आयोगले करिब एक करोड ६० लाख मतपत्र आगमी ३५ देखि ४० दिनभित्र छाप्ने भएको छ।
साथै करिब १ करोड ४० लाख मतादाताको ठेगाना मिलाएर चैत २० भित्र नामावलीलाई अन्तिम रूप दिने आयोगको कार्यसूची रहेको छ।