
काठमाडौँ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन्। उनी बनारस हिन्दु विश्वविद्यालय अन्तर्गत नेपाल स्टडी सेन्टरले आयोजन गरेको सेमिनारमा भाग लिन भारत प्रस्थान गरेका हुन्।
'उहाँको नयाँ दिल्लीमा ट्रान्जिट मात्र हो। कुनै भेटवार्ताको कार्यक्रम छैन', यादवका प्रेस संयोजक महेश चौरासियाले पहिलोपोस्टसित भने, 'प्रजातन्त्रको विकासका लागि शिक्षा, दक्षिण एसिया र नेपालमा संविधानले निम्त्याएको द्वन्द्व विषयक सेमिनारमा उहाँ प्रमुख वक्ता हुनुहुन्छ।
दुई दिन यादव बनारस रहने र १० गते फर्कने कार्यक्रम रहेको चौरासियाले बताए।