PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी पक्राउ



पहिलोपोस्ट

अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी पक्राउ

काठमाडौँ : अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौँ जिल्लाको पुरानो नैकाप गाविस-१ का ३४ वर्षीय भाष्कर पनेरु रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज काठमाडौँको पुरानो नैकापबाट पक्राउ गरेको हो। 

उनीमाथि २०६७ सालमा रुपन्देही टिकुलीगढ गाविस १ खैरिया बस्ने कृष्णप्रसाद भुषालले आफूलाई तराई मुक्ती मोर्चाको केन्द्रीय सदस्य हुँ, बुटवलमा भएको बम बिष्फोटनको घटना हामीले घटाएका हौं, हाम्रो पार्टीलाई रकम दिनु पर्‍यो नदिएमा अपहरण गरी बन्धक बनाउँछौं, ज्यान लिन्छौंसमेत भनी धम्की दिई फिरौतीबापत २ लाख रकम माग गरेको घटनामा संलग्न रहेको आरोप छ। 

फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत काठमाडौँको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell