PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

निर्वाचनको द्विविधा चिर्न सरकारलाई एमालेको ध्यानाकर्षण



पहिलोपोस्ट

निर्वाचनको द्विविधा चिर्न सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौँ : नेकपा एमालेले निर्वाचनको द्विविधा चिर्न सरकारलाई गराएको छ। एमाले स्थायी समिति बैठकले निर्वाचनको काम तीव्रताका साथ अगाडि बढाउन समेत आयोगललाई ध्यानाकर्षण समेत गराएको छ। 

निर्णयमा भनिएको छ – 'निर्वाचनका सन्दर्भमा उठिरहेका द्विविधाहरुलाई चिर्दै निर्वाचनको सुनिश्चितता गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । बैठकले निर्वाचनका सम्पूर्ण कार्यहरुलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ।'

त्यस्तै एमालेले निर्वाचन आचारसंहिता लागू गरिसकेको अवस्थामा बजेटहरुको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्य सरकारले गरेको आरोप लगाएको छ। साथै निर्वाचन आचारसंहिता विपरित कार्य रोक्न समेत माग गरेको छ। 

एमालेले संविधान संशोधन विधेयकको विषयमा पार्टीको अडान यथावत् रहेको जनाएको छ। त्यस्तै पछिल्लो घटनाक्रमबारे प्रतिपक्षी गठबन्धनका ९ दलसँग छलफल गर्ने समेत निर्णय गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell