PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

पाल्पामा एक सय १७ मतदान केन्द्र



पहिलोपोस्ट

पाल्पामा एक सय १७ मतदान केन्द्र

रामपुर (पाल्पा) : स्थानीय तहको निर्वाचनका लागि पाल्पामा ११७ मतदान केन्द्र तोकिएका छन्। 

मतदान केन्द्र सिफारिस समितिले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा गरी जम्मा ११७ मतदान केन्द्र तोकेको हो। २०७० सालको संविधानसभा निर्वाचनमा जिल्लाभरमा २५८ मतदान केन्द्र रहेका थिए। 

पाल्पामा गाउँपालिका र नगरपालिकामा गरी ८१ वडा कायम गरिएको छ। तानसेन नगरपालिकामा १४, रामपुर नगरपालिकामा १० वडा रहेका छन् भने गाउँपालिकाअन्तर्गत पूर्वखोला गाउँपालिकामा छ, निस्दी गाउँपालिकामा सात, रम्भा गाउँपालिकामा पाँच, माथागढी गाउँपालिकामा आठ, तिनाहुँ गाउँपालिकामा छ, बगनासकाली गाउँपालिकामा नौ, रिब्दिकोट गाउँपालिकामा आठ र रैनादेवी छहरा गाउँपालिकामा आठ वटागरी कुल ८१ वडा कायम गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी थमन सारुले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell