PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

बेलडाँडी नगरपालिका गाउँपालिकामा परिणत



पहिलोपोस्ट

बेलडाँडी नगरपालिका गाउँपालिकामा परिणत

कञ्चनपुर : कञ्चनपुरको बेल्डाँडी नगरपालिका स्थानीय निकाय पुनःसंरचनाअनुसार गाउँपालिकामा परिणत भएको छ।

बेल्डाँडी गाउँपालिका भएपछि गाउँपालिकाबाट हुने सबै काम धमधम हुन थालेका छन्। बेल्डाँडी नपाको जनसङ्ख्या नपुग्दा गाउँपालिका बनाइएको हो।

बेल्डाँडी नपाका ११ वटा वडामध्ये गाउँपालिकाका पाँच वडामा सीमित भएको छ। साविक बेल्डाँडी नपाको १ र ४ मिलाएर १ नं वडा, २, ३ र ५ मिलाएर २ नं, ६ र ७ मिलाएर ३ नं, ८ को ४ नं, ९, १० र ११ नं मिलाएर ५ नं वडा बनाइएको छ। बेल्डाँडी गाउँ कार्यपालिकाले पाँचवटै वडाको जिम्मेवारी तोकेको छ।

वडा नं १ र २ वडाको जिम्मा कमला बडाललाई ३ नंको तेजबहादुर सुनार, ४ र ५ नंको राजबहादुर विष्टलाई जिम्मा दिइएको बेल्डाँडी गाउँपालिकाका नायब सुब्बा राजबहादुर विष्टले जानकारी दिए।

यसैगरी, नयाँ पुनःसंचरनाअनुसार देखतभूली गाविस, शङ्करपुर गाविस र वाइसेविचवा गाविसका केही वडा मिलाएर बनाइएको लालझाडी गाउँपालिकाको शङ्करपुरमा कार्यालय तोकी कार्य अगाडि बढाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell