PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नबिल बैंकको एटिएम बुथबाट करोडौं रकम झिक्ने गिरोह पक्राउ



सविन ढकाल

नबिल बैंकको एटिएम बुथबाट करोडौं रकम झिक्ने गिरोह पक्राउ

काठमाडौं : नक्कली एटिएम कार्ड प्रयोग गरी एटिएम बुथबाट रकम झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
 
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा केवलबहादुर जबरा, अभिषेक पाण्डे, सुरेक केसी, अनुज नकर्मी, रोशन महर्जन लगायत छन्।
 
उनीहरुले नबिल बैंकको एटिएम बुथबाट अहिलेसम्म करोडौं रकम झिकेको प्रहरीको भनाइ छ। यसरी झिकेको रकम विलासी वस्तु किनेर खर्च गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुन्धानमा खुलेको छ।
 
उनीहरुले कसरी एटिएम कार्डबाट रकम झिक्थे भन्ने विषयमा महाशाखाले मंगलबार दिउसो पत्रकार सम्मेलन गर्दै छ। यसअघि पनि केन्द्रीय अनुसन्धान ब्युरोले अरुको एटिएम कार्डबाट रकम झिक्ने ९ विदेशी नागरिकलाई पक्राउ गरिसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell