PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

बेलायतबाट लगानी भित्र्याउन उद्योगमन्त्रीको पहल



पहिलोपोस्ट

बेलायतबाट लगानी भित्र्याउन उद्योगमन्त्रीको पहल

काठमाडौँ : नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा बेलायतमा साताव्यापी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका राजकुमार ह्यारी र नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशीसमेत सहभागी भए। 
 
मन्त्री जोशीले गत वर्ष नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको भन्दै जलश्रोत, पर्यटन र पूर्वाधारलगायत क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको धारणा राखे। नेपालमा लगानी गर्न चाहने ब्रिटिस लगानीकर्ताका लागि सहज र उच्चतम वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
 
दूतावासमा आयोजित कार्यक्रममा मन्त्री जोशीले गोर्खा सैनिकहरुको साहस, इमान्दारिता र वीरताले बेलायतसँगको सम्बन्ध सुदृढ तुल्याएको उल्लेख गर्दै बेलायतले नेपालको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानको प्रशंसासमेत गरे। 
 
राजकुमार ह्यारीले गोर्खालीप्रति बेलायती जनताको उच्च सम्मान दुई वर्षअघिको भूकम्पपछि देखाएको हार्दिकताबाट प्रष्ट भएको बताए।

लन्डनस्थित नेपाली दूतावासले गत १४ मार्चदेखि साताव्यापी कार्यक्रमअन्तर्गत पुस्तक, फोटो तथा चित्रकला प्रदर्शनी, व्यापार तथा लगानी सम्मेलन, नेपाली कला, साहित्य र संगीत महोत्सव, बेलायत-नेपाल सम्बन्धबारे बौद्धिक अन्तर्क्रियाजस्ता गतिविधि आयोजना गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell