PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

भक्तपुरमा ७८ मतदान केन्द्र



पहिलोपोस्ट

भक्तपुरमा ७८ मतदान केन्द्र

भक्तपुर : स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ७८ मतदान केन्द्र निर्धारण गरेको छ।


जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जिल्लाका चार नगरपालिकाका लागि मतदान केन्द्र सिफारिस गरेर निर्वाचन आयोगमा पठाएको कार्यालयका प्रमुख उमेश राईले जानकारी दिए। सोअनुसार भक्तपुरमा १७, मध्यपुरथिमिमा १७, सूर्यविनायक २३ र चाँगुनारायण नगरपालिकामा २१ मतदान केन्द्र निर्धारण गरिएको छ।


कार्यालयले निर्वाचनका लागि आवश्यक कर्मचारीको लगत सङ्कलन र तालिमको व्यवस्थापनका लागि तयारी सुरु गरेको उनले जानकारी दिए। जिल्लामा ८३ हजार दुई सय ६६ महिला र ७९ हजार छ सय २३ पुरुष मतदाता छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell