PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

केपी ओलीदेखि ऋषि धमलासम्म हेर्नुस् म्युजिक भिडियोमा



पहिलोपोस्ट

केपी ओलीदेखि ऋषि धमलासम्म हेर्नुस् म्युजिक भिडियोमा

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म 'रातो सूर्य'मा देखिनुअघि नै म्युजिक भिडियोमा देखिएका छन्। राष्ट्रभक्तिको भाव भएको 'म मर्न तयार छु' बोलको गीतमा उनले अभिनय गरेका हुन्।

तिलक बस्नेत र मनिषा राईको स्वरमा रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको छ। गीतमा ओलीसँगै पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत, पूर्वमन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका तोपबहादुर रायमाझी, पत्रकार ऋषि धमला आदिले पनि अभिनय गरेका छन्।

गीतमा स्वर, शब्द र संगीत दिएका तिलक बस्नेतले भिडियो पनि स्वयंम निर्देशन गरेका हुन्।

केपी ओली अभिनित फिल्म 'रातो सूर्य' प्रोडक्शनको क्रममा छ।

हेर्नुस् भिडियो: 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell