PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

'इकु'को आयोजनामा 'मिस स्टाइल आइकन २०१७' घोषणा



पहिलोपोस्ट

'इकु'को आयोजनामा 'मिस स्टाइल आइकन २०१७' घोषणा

काठमाडौं: ‘मिस स्टाइल आइकन २०१७’ हुने भएको छ। एसटिएन इभेन्ट म्यानेज्मेन्ट सो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो।

भूकम्पका कारण अभिभावक गुमाएका बालबालिकाहरुलाई आश्रय दिइरहेको 'स्नेहा आश्रम'लाई सहयोग संकलनका लागि कार्यकम आयोजन हुन लागेको आयोजकले जनाएका छन्। 'यो सौन्दर्य प्रतियोगिताले लुकेर रहेका प्रतिभाको खोजि गरेर अघि बढाउनु हो', संयोजक नकुल राणाले बताए।

प्रतियोगिताका लागि वैशाखको पहिलो सातादेखि धनगढी, दाङ, बुटवल, पोखरा, चितवन, हेटौंडा, चन्द्रगढी, ईटहरी, धरान, विर्तामोड तथा काठमाडौंमा अडिसन सञ्चालन हुनेछ। हास्य अभिनेता शुलेमान शंकर (इकु) सहित मिस स्टाइल आइकन–२०१७ को आयोजक टिममा शैलजा श्रेष्ठ, श्याम कुमार लुङ्गेली, नकुल राणा, तिलक कट्टेल तथा संजोग राणा रहेका छन्।

प्रतिस्पर्धामा सहभागिहरुले डिजाइनर शैलजा श्रेष्ठद्वारा डिजाइन गरिएका पहिरनहरु प्रदर्शन गर्नेछन्। प्रतियोगिताको विजेतासहित फस्ट, सेकेण्ड तथा थर्ड रनर्स अपलाई नगद पुरस्कार, स्कूटीका साथै चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनमा अवसर दिइने आयोजक संस्थाले जनाएको छ।

प्रतियोगिताको ग्रान्ड फिनाले असारको दोस्रो साता हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell