PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

चार राजदूतलाई जिम्मेवारी थप



पहिलोपोस्ट

चार राजदूतलाई जिम्मेवारी थप

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न चार देशमा कार्यरत चार राजदूतलाई थप जिम्मेवारी तोकेकी छिन्।

राष्ट्रपतिले आज संघीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाललाई चेक गणतन्त्र, पोल्याण्ड र स्लोभाक गणतन्त्रका लागि, संघीय जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई गणतन्त्र मंगोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त नियुक्ति गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell