PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

सर्वोच्चको फैसलापछि नवराज सिलवालले भने, 'मेरो जित'



सविन ढकाल

सर्वोच्चको फैसलापछि नवराज सिलवालले भने, 'मेरो जित'

काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय सर्वोच्चले बदर गरेपछि डिआइजी नवराज सिलवालले आफ्नो जित भएको प्रतिक्रिया दिएका छन्। 

फैसलालगत्तै पहिलोपोस्टसँग कुरा गर्दै सिलवालले अदालतले कार्यसम्पादन मूल्याङ्कनमा आफू एक नम्बरमा रहेको उल्लेख गर्दै न्याय दिएको बताए। 

उनले भने, 'मेरो जित भएको छ।' 

मन्त्रिपरिषद्को फागुन १ गते बिहान बसेको बैठकले चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। त्यसको केही घण्टामा नै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले अधिवक्ता कपिलदेव ढकालले दर्ता गरेको रिटमा सुनुवाई गर्दै सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरकालीन आदेश दिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell