PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

किन एकसाथ अस्ट्रिया पुगे सलमान खान र कट्रिना कैफ?



पहिलोपोस्ट

किन एकसाथ अस्ट्रिया पुगे सलमान खान र कट्रिना कैफ?

पूर्व बलिउड जोडी सलमान खान र कट्रिना कैफ स्टारर फिल्म ' टाइगर जिंदा है' युनिट सुटिङका लागि अस्ट्रिया पुगेको छ। एकअर्काको अपोजिटमा देखिन लागेका यी दुई कलाकारसहित फिल्म क्रु टायरोलमा छन्। फिल्मको केही दृश्य छायांकन भने अस्ट्रियाकै ऐतिहासिक स्पोटमा हुने बलिउड हंगामाले जनाएको छ।

फिल्मको गीतका लागि आवश्यक दृश्य गोल्डेन रुफमा हुने भएको हो। सो ऐतिहासिक स्थलमा विभिन्न हलिउड फिल्मसमेत छायांकन भएका छन्। सलमान र कट्रिनाबीचको अनस्क्रिन रोमान्स सिन कैद हुने गोल्डेन रुफको दृश्य स्पेक्ट्रा, क्वान्टम अफ सोलेसजस्ता फिल्ममा देख्न सकिन्छ।

विश्वप्रसिद्द विशेष आर्किटेक्चरका लागि सो ठाउँ आकर्षणको केन्द्र मानिन्छ। त्यसैले पनि त्यहाँको दृश्याङ्कनले फिल्ममा महत्वपूर्ण भूमिका रहने आशा फिल्म निर्माण युनिटले व्यक्त गरेको छ। गोल्डेन रुफमा छायांकन गरिएको भिडियो वैभवी मर्च्यान्टले निर्देशन गरेकी हुन्।

अलिबाबा जफर निर्देशित फिल्म आउँदो क्रिष्टमश बिदा टार्गेट गरेर डिसेम्बरमा सार्वजनिक हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell