PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

दशवटा बैंक लगानीकर्ता रहेको कालङ्ग जलविद्युत आयोजनाको निर्माण सुरु  



रासस

बझाङ : निजी क्षेत्रको लगानीमा ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । 

बझाङको बुङ्गल क्षेत्रमा पर्ने कालङ्गा गाडमा निर्माण हुने कालङ्गा जलविद्युत् आयोजनाको आज एक कार्यक्रमबीच शुभारम्भ गरियो। 

करिब रु १० अर्ब ५० करोडको लागतमा निर्माण हुने सो आयोजनामा विभिन्न बैंकको ७५, स्थानीयको १० तथा विभिन्न व्यक्तिको १५ प्रतिशत शेयर लगानी रहने जनाएको छ। तीन वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनामा माछापुच्छ्रे, एनएमबी, सिभिल बैंकलगायत विभिन्न १० वटा बैंकको लगानी रहेको आयोजना प्रमुख उमेश श्रेष्ठले बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell