PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

नाइजेरियामा बन्दुकधारी समूहको आक्रमणमा सत्रको मृत्यु



पहिलोपोस्ट

नाइजेरियामा बन्दुकधारी समूहको आक्रमणमा सत्रको मृत्यु

कानो : नाइजेरियाको मध्यमागमा कृषिमा आश्रित समुदाय बसोबास गर्ने बस्तीमा प्रवेश गरी एक बन्दुकधारी समूहले आक्रमण गर्दा अधिकांश महिला र बालबालिकासहित १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पछिल्लो आक्रमण नाइजेरियामा पटकपटक दोहोरिने गरेको चौपाया चरणका अधिकारका विषयलाई लिएर भएको बताइएको छ। 

नाइजेरियाको वेनु राज्यमा सोमबार भएको आक्रमणमा बन्दुकधारी मोटरसाइकल र कारमा आई स्थानीय एक बजारमा अन्धाधुन्ध गोली चलाएका थिए भने स्थानीय केही घरहरूमा आगो लगाइदिएको प्रहरी प्रवक्ता मोजेज यमुले बताए। 

घटनामा ११ जना घाइते भएका थिए । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। स्थानीय उक्त घटनामा ३०–५० जनासम्मको मृत्यु हुन सक्ने जनाएका छन्। 

नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले मंगलबार एक विज्ञप्ति जारी गरी घटनाप्रति खेद व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेका छन्। उनले उक्त घटनाको निन्दा गरेका छन्। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell